पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली, वर्षा र चट्याङको सम्भावना
काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणाली (ट्रफ) र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा वर्षाको गतिविधि सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टासम्म देशका पहाडी तथा हिमाली क्षेत्रसहित केही तराई भू-भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

