काठमाण्डौ महानगरपालिकाभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नपाइने
काठमाण्डौ महानगरपालिकाभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नपाइने भएको छ। २१ साउनमा बसेको महानगरको अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको हो। सडक छेउ, सम्पदा स्थल र सहरी वन आदिमा राखिएका झिलिमिली लहरे बत्ती व्यवस्थापनबारे निर्णय गर्दै समितिले अर्को व्यवस्था नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद एवम् जडान कार्य अघि नबढाउन निर्देशन दिएको जनाइएको छ।