काठमाण्डौ महानगरपालिकाभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नपाइने भएको छ। २१ साउनमा बसेको महानगरको अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
सडक छेउ, सम्पदा स्थल र सहरी वन आदिमा राखिएका झिलिमिली लहरे बत्ती व्यवस्थापनबारे निर्णय गर्दै समितिले अर्को व्यवस्था नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद एवम् जडान कार्य अघि नबढाउन निर्देशन दिएको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।