आईतवार, भाद्र २३,२०८१ 08:49:04
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:49:04
IME remit
Global IME Bank Limited

काठमाण्डौ महानगरको बजेट खर्च पाँच वर्षयताकै उच्च, पुँजीगत खर्च ४२.३५ प्रतिशत

Hyundai Nepal
काठमाण्डौ महानगरको बजेट खर्च पाँच वर्षयताकै उच्च, पुँजीगत खर्च ४२.३५ प्रतिशत
Nabil Bank Limited

काठमाण्डौ। काठमाण्डौ महानगरको पुँजीगत खर्चमा सुधार देखिएको छ। चार वर्षअघि आर्थिक वर्ष २०७६/०७७ मा महानगरपालिकाले पुँजीगत खर्च २१ प्रतिशत मात्रै थियो। महानगरले योजनाबद्ध काम गर्न नसक्दा राजधानी सहरमा पुँजीगत खर्च गर्न नसकिरहेको बताइएको छ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवस्थालाई सुधार गर्न महानगरलाई टाउको दुखाई जस्तै भएको छ। अघिल्लो आव ०७९/८०मा महानगरको पुँजीगत खर्च २६ प्रतिशतसम्म पुगेको थियो।

जसमा चालु आव ०८०/०८१ मा भने महानगरको पुँजीगत खर्चदरले १६ प्रतिशतभन्दा बढी उल्लेख्य सुधार गर्दै ४२ प्रतिशतसम्म पुगेको छ। महानगरले चालु आव पुँजीगत खर्चमा उल्लेख्य वृद्धि गरेको छ।

महानगरका अनुसार चालु आवमा १५ अर्ब १० करोड १० लाख रकम पुँजीगततर्फ विनियोजन भएको थियो। जसमध्ये छ अर्ब ३९ करोड ६१ लाख खर्च भएको छ। जुन ४२ दशमलव ३५ प्रतिशत हो।

कुल खर्च पाँच वर्ष यताकै उच्च 

महानगरको कुल खर्च पनि पाँच वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। महानगरले चालु आवमा विनियोजन गरेको कुल बजेट २४ अर्ब मध्ये १२ अर्बभन्दा बढी खर्च गरेको छ। जुन ५१ प्रतिशत भन्दा बढी  हो।

अघिल्लो आव ०७९/८० मा कुल विनियोजित २२ अर्ब ८३ करोड बजेटमध्ये नौ अर्ब १८ करोड मात्रै खर्च गरेको थियो। जुन ४० दशमलव ४ प्रतिशत मात्रै हो।

यस्तै ०७८/७९ मा १६ अर्ब ५२ करोडमध्ये ४४ दशमलव ३ प्रतिशत ९७ अर्ब ३१ करोड०, ०७७/७८ मा १५ अर्ब ५६ करोड १५ लाखमध्ये ३६ दशमलव ७ प्रतिशत ९५ अर्ब ७००, ०७६/७७ मा १२ अर्ब ९८ करोडमध्ये ४९ दशमलव ७ प्रतिशत (६ अर्ब ४५ करोड) मात्रै खर्च भएको थियो।  

चालु खर्च घट्दै  

यस्तै,महानगरले पुँजीगत खर्च बढाउँदै लैजादा प्रशासनिक खर्चतर्फ हुने चालु खर्च भने घटाउँदै लगेको छ। पाँच वर्षअघि २०७६/७७ मा महानगरको चालु खर्च ७७ प्रतिशत थियो भने, चालु आवमा चालु खर्चदर ६४ प्रतिशतमा झारेको छ।

यस वर्ष कुल विनियोजित नौ अर्ब पाँच करोड चालुतर्फको बजेटमध्ये पाँच अर्ब ८३ करोड अर्थात ६४ दशमलव ४ प्रतिशत खर्च भएको छ।

यस्तै महानगरले ०७७/७८  मा ६४ प्रतिशत, ०७८/७९ मा ६५ प्रतिशत, ०७९/८० मा ६४ प्रतिशत चालुतर्फको बजेट खर्च गरेको थियो। 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X