उर्जा संकट समाधानका उपाय खोज्न काठमाण्डौ विश्वविद्यालयको अग्रसरता, वैज्ञानिक–लगानीकर्ता सम्मेलन हुँदै
काठमाण्डौ। नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको बढ्दो आयात तथा महँगिँदो उर्जा खर्चबीच काठमाण्डौ विश्वविद्यालयले स्वच्छ तथा दिगो उर्जा प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।विश्वविद्यालयअन्तर्गतको रिन्यूएबल एण्ड सस्टेनेबल इनर्जी ल्याबोरेटरीले आगामी डिसेम्बर २ र ३ (मंसिर १६–१७) मा धुलिखेलस्थित केन्द्रीय परिसरमा ‘अन्तर्राष्ट्रिय...

