आईतवार, श्रावण १७,२०८३ 12:53:06
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 12:53:06
Bizshala
Global IME Bank Limited

उर्जा संकट समाधानका उपाय खोज्न काठमाण्डौ विश्वविद्यालयको अग्रसरता, वैज्ञानिक–लगानीकर्ता सम्मेलन हुँदै

उर्जा संकट समाधानका उपाय खोज्न काठमाण्डौ विश्वविद्यालयको अग्रसरता, वैज्ञानिक–लगानीकर्ता सम्मेलन हुँदै
New Office

काठमाण्डौ। नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको बढ्दो आयात तथा महँगिँदो उर्जा खर्चबीच काठमाण्डौ विश्वविद्यालयले स्वच्छ तथा दिगो उर्जा  प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

विश्वविद्यालयअन्तर्गतको रिन्यूएबल एण्ड सस्टेनेबल इनर्जी ल्याबोरेटरीले आगामी डिसेम्बर २ र ३ (मंसिर १६–१७) मा धुलिखेलस्थित केन्द्रीय परिसरमा ‘अन्तर्राष्ट्रिय नवीकरणीय तथा दिगो ऊर्जा रूपान्तरण सम्मेलन’ आयोजना गर्ने जनाएको छ। सम्मेलन भौतिक तथा अनलाइन (हाइब्रिड) माध्यमबाट सञ्चालन हुनेछ।

सम्मेलनको मुख्य उद्देश्य नेपालमा बढ्दो ऊर्जा संकट समाधानका लागि वैज्ञानिक अनुसन्धान, निजी क्षेत्र, लगानीकर्ता तथा नीतिनिर्माताबीच सहकार्य विस्तार गर्दै फोहोर व्यवस्थापन, बायोग्यास, हरित हाइड्रोजन तथा नवीकरणीय ऊर्जा प्रविधिलाई व्यावसायिक रूपमा अघि बढाउने वातावरण सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।

आरएसईएलका प्रमुख प्रा। डा। सुनिलप्रसाद लोहनीका अनुसार स्वच्छ ऊर्जा पूर्वाधार निर्माण मात्र पर्याप्त नभई ती प्रविधि आर्थिक रूपमा व्यवहार्य, दीर्घकालीन तथा जनमैत्री बन्नु आवश्यक छ।

उनका अनुसार नेपालमा सञ्चालनमा रहेका धेरै ठूला बायोग्यास तथा स्वच्छ ऊर्जा आयोजना प्राविधिक कमजोरीभन्दा पनि कमजोर आपूर्ति प्रणाली, वित्तीय संरचना, बजार अभाव तथा नीतिगत चुनौतीका कारण अपेक्षित क्षमतामा सञ्चालन हुन सकेका छैनन्। यही समस्याको समाधान खोज्न सम्मेलनले अनुसन्धानकर्ता, लगानीकर्ता, बैंक तथा नीतिनिर्मातालाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको छ।

सम्मेलनका अन्तरक्रियात्मक सत्रहरू स्वच्छ ऊर्जा रूपान्तरणमा देखिएका वित्तीय, नीतिगत तथा प्राविधिक अवरोधहरूको समाधान खोज्न केन्द्रित रहनेछन्। साथै, ऊर्जा क्षेत्रमा सार्वजनिक–निजी साझेदारी, लगानी विस्तार तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने विषयमा समेत छलफल हुनेछ।

यसपटक सम्मेलनमा निजी क्षेत्रको सहभागितालाई विशेष प्राथमिकता दिइएको छ। उद्योगी, बैंक तथा वित्तीय संस्था, स्वच्छ ऊर्जा प्रविधि विकासकर्ता र व्यवसायीलाई आफ्ना अध्ययन, अनुभव तथा परियोजनाका सार पेश गर्न आह्वान गरिएको छ।

सम्मेलनसँगै आयोजना गरिने प्रदर्शनीमा कम्पनीहरूले आफ्ना वातावरणमैत्री प्रविधि तथा उत्पादन प्रदर्शन गर्न सक्नेछन्, जसबाट सम्भावित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्यको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

सम्मेलनमा प्रस्तुत उत्कृष्ट तथा समकक्षी–समीक्षित शोधपत्रहरूलाई IOP Conference Series: Earth and Environment तथा काठमाडौं विश्वविद्यालय जर्नल अफ साइन्स, इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा प्रकाशनका लागि सिफारिस गरिने आयोजकले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.