सांसद खगेन्द्र सुनारले मूल्यबारे प्रश्न उठाएपछि संसद्को क्यान्टिन बन्द
काठमाण्डौ । प्रतिनिधिसभा सदस्यका लागि संघीय संसद् भवनमा सञ्चालन हुँदै आएको क्यान्टिन मंगलबार बन्द गरिएको छ। एक दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले क्यान्टिनमा महँगो मूल्य तोकिएको भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका थिए।सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सुनारले संसद् सचिवालयभित्र सञ्चालन भइरहेको क्यान्टिनमा कालो चियाको...

