काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनारबारे सञ्चारमाध्यममा सार्वजनिक समाचार, श्रव्यसामग्री र उठेका प्रश्नको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन गर्न निर्देशन दिएको छ।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा छानबिन पूरा नहुँदासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको छ।
महिलाको मर्यादामाथि आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की र शंकास्पद आर्थिक लेनदेनजस्ता विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको रास्वपाले जनाएको छ। साथै, राज्यका सम्बन्धित निकायबाट हुने निष्पक्ष अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कानुन उल्लङ्घन वा पदीय आचरणविपरीतका कार्यमा संलग्न कसैलाई पनि राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।