लुम्बिनी प्रदेशसभा बैठक एक दिन स्थगित, बजेट छलफलका लागि समय थप
काठमाण्डौ । प्रदेश सरकारको विशेष अनुरोधपछि लुम्बिनी प्रदेश सभाको सोमबार बस्ने तय गरिएको बैठक अन्तिम समयमा एक दिनका लागि स्थगित गरिएको छ। आठौँ अधिवेशनअन्तर्गतको दशौँ बैठक मंगलबारका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

