सोमबार, असार ८,२०८३ 08:49:39
Bizshala
  • सोमबार, असार ८,२०८३ 08:49:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो, कृषि–रोजगारीमुखी बजेटको माग

Laxmi Sunrise Bank Limited
लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो, कृषि–रोजगारीमुखी बजेटको माग

काठमाण्डौं । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको बहस टुंगिएको छ ।

बजेट निर्माणका आधार र प्राथमिकताबारे भएको छलफलमा प्रदेशसभा सदस्यहरूले आर्थिक उत्पादन, रोजगारी सिर्जना, कृषि रूपान्तरण र विकासको प्रभावकारितालाई मुख्य केन्द्रमा राख्न सरकारलाई सुझाव दिएका छन् ।

New Office
CG Motors
Garima Development Bank

शनिबार सम्पन्न प्रदेशसभा बैठकमा बोल्ने सांसदहरूले आगामी बजेटलाई खर्चमुखीभन्दा बढी उत्पादनमुखी बनाउनुपर्ने धारणा राखे ।  

उनीहरूले बजेटले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा प्रदेशको आन्तरिक स्रोत बलियो बनाउने खालका कार्यक्रम समेट्नुपर्नेमा जोड दिएका थिए ।

सांसदहरूले विशेषगरी कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि, प्रशोधन उद्योग विस्तार र बजार पहुँच सुधारका कार्यक्रम अघि सार्नुपर्ने आवश्यकता औंल्याए ।  

स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन बजेटमार्फत संरक्षण, प्रोत्साहन र बजारीकरणमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो ।

युवामुखी नीति तथा कार्यक्रम पनि छलफलको प्रमुख विषय बनेको थियो ।  

प्रदेशसभा सदस्यहरूले बढ्दो बेरोजगारी न्यूनीकरण गर्न सीप विकास, नवप्रवर्तन, उद्यमशीलता र स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

प्रदेशभित्रै रोजगारी सिर्जना गर्न नसकिए युवा पलायनको समस्या थप गम्भीर बन्न सक्ने चेतावनी पनि केही सांसदहरूले दिएका थिए ।

छलफलका क्रममा प्रदेशको सीमित बजेटलाई प्रभावकारी ढंगले परिचालन गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र उद्योगबीच सन्तुलन कायम गर्नुपर्ने विषय पनि उठाइएको थियो ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सदस्यहरूले बजेटले केवल वार्षिक योजना कार्यान्वयनमा सीमित नभई दीर्घकालीन आर्थिक स्थायित्व र विकासको आधार निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ बमोजिम विनियोजन विधेयक, २०८३ का सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सञ्चालन गरिएको हो ।

सभामुखले उक्त बहसका लागि तीन घण्टाको समय निर्धारण गरेका थिए ।

छलफलमा प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन, यमुना रोका तामाङ, तुल्सीराम शर्मा, कृष्णा कुश्मा थारु, रेखा शर्मा, धनबहादुर केसी, इन्द्राकुमारी गहतराज, नवराज लामिछाने, राजकुमार चौधरी र तुलसीप्रसाद चौधरीले भाग लिँदै बजेट तयारीसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए ।

बैठकको प्रारम्भमा सञ्चालन गरिएको शून्य समयमा पनि प्रदेश सांसदहरूले राजनीतिक, सामाजिक तथा विकाससँग सम्बन्धित समसामयिक मुद्दाहरू उठाएका थिए ।  

शून्य समयमा राजुप्रसाद श्रेष्ठ, तारा थापा, मालती सोडारी, भगवती अधिकारी, बसन्ती न्यौपाने, नरमाया ढकाल, सुसिला बादी र मिनाकुमारी श्रेष्ठले आफ्ना विचार व्यक्त गरेका थिए ।

प्रदेशसभा सचिवालयका अनुसार लुम्बिनी प्रदेशसभाको अर्को बैठक जेठ १० गते आइतबार दिउँसो १ बजे बस्नेछ ।  

आगामी बैठकमा बजेट प्रक्रिया, प्रदेश सरकारका नीति प्राथमिकता र विकास कार्यक्रमसँग सम्बन्धित विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.