बुधबार, जेष्ठ १३,२०८३ 09:24:47
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 09:24:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लुम्बिनी प्रदेशसभामा आज नीति तथा कार्यक्रममाथिको छलफल निष्कर्षमा पुग्ने

Laxmi Sunrise Bank Limited
लुम्बिनी प्रदेशसभामा आज नीति तथा कार्यक्रममाथिको छलफल निष्कर्षमा पुग्ने
Shivam Cement

काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफल निष्कर्षमा पुर्‍याउने तयारी गरिएको छ ।  

प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।

Bizshala
New Office
CG Motors

प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा प्रतिपक्ष दलका नेता जोखबहादुर महराले विशेष समय लिएर समसामयिक राजनीतिक तथा प्रदेश सरकारको कार्यसम्पादनबारे धारणा राख्ने कार्यक्रम रहेको छ ।  

त्यसपछि विधेयकसम्बन्धी कार्यसूची अघि बढाइनेछ ।

बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजन्य परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछन् ।

थारु समुदायको मौलिक परम्परा, संस्कृति र सामाजिक अभ्यासको संरक्षणलाई कानूनी आधार दिन खोजिएको उक्त विधेयकमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् ।  

छलफलपछि मन्त्री तिमिल्सिनाले उठेका जिज्ञासा र प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ ।

त्यसैगरी, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा जारी छलफलका क्रममा सांसदहरूले उठाएका विषयमा मुख्यमन्त्री चेतनारायण आचार्यले जवाफ दिनेछन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सरकारको नीति, प्राथमिकता, विकास रणनीति तथा बजेटपूर्व तयारीसँग सम्बन्धित प्रश्नमा मुख्यमन्त्रीले सरकारको धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

मुख्यमन्त्रीको जवाफपछि सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरिनेछ ।  

सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

बैठकमा यसबाहेक मुख्यमन्त्री आचार्यले विभिन्न संवैधानिक तथा प्रादेशिक आयोगका वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्ने कार्यक्रम पनि रहेको छ ।  

ती प्रतिवेदनमार्फत आयोगहरूको कार्यसम्पादन, उपलब्धि तथा आगामी कार्यदिशाबारे प्रदेशसभा सदस्यलाई जानकारी गराइनेछ ।

आजको बैठकलाई नीति तथा कार्यक्रम टुंग्याउने, विधेयकमाथि प्रारम्भिक बहस गर्ने तथा प्रदेश सरकारको आगामी कार्यदिशा स्पष्ट गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.