बाढी पुनर्निर्माण र मानव बेचबिखन नियन्त्रणमा सहकार्य बढाउन मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूतबीच छलफल
काठमाण्डौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।भेटमा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको...

