लोयड्स बैंकिङ ग्रुपले थप १३६ वटा शाखा कार्यालयहरु बन्द गर्ने, यस्तो छ कारण
काठमाण्डौ । बेलायतको लोयड्स बैंकिङ ग्रुपले थप १३६ वटा शाखा कार्यालयहरु बन्द गर्ने भएको छ । जसअन्तर्गत लोयड्सका ६१ शाखा, हेलिफ्याक्सका ६१ र बैंक अफ स्कटल्याण्डका १४ शाखा कार्यालयहरु बन्द हुनेछन् । यी शाखा कार्यालयहरु मे २०२५ र मार्च २०२६ का बीच बन्द हुनेछन् । लोयड्स बैंकिङ ग्रुपले केही समयअघि तीनवटै बैंकका गा्रहकहरुलाई व्यक्तिगत बैंकिङका लागि आफ्ना ब्राण्डहरुका जुनसुकै...