शुक्रबार, श्रावण २९,२०८३ 03:13:07
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 03:13:07
Bizshala
Global IME Bank Limited

लोयड्स बैंकिङ ग्रुपले थप १३६ वटा शाखा कार्यालयहरु बन्द गर्ने, यस्तो छ कारण

Prabhu Bank Limited
लोयड्स बैंकिङ ग्रुपले थप १३६ वटा शाखा कार्यालयहरु बन्द गर्ने, यस्तो छ कारण
New Office

काठमाण्डौ । बेलायतको लोयड्स बैंकिङ ग्रुपले थप १३६ वटा शाखा कार्यालयहरु बन्द गर्ने भएको छ । जसअन्तर्गत लोयड्सका ६१ शाखा, हेलिफ्याक्सका ६१ र बैंक अफ स्कटल्याण्डका १४ शाखा कार्यालयहरु बन्द हुनेछन् ।  

यी शाखा कार्यालयहरु मे २०२५ र मार्च २०२६ का बीच बन्द हुनेछन् । लोयड्स बैंकिङ ग्रुपले केही समयअघि तीनवटै बैंकका गा्रहकहरुलाई व्यक्तिगत बैंकिङका लागि आफ्ना ब्राण्डहरुका जुनसुकै शाखाहरु प्रयोग गर्न पाउने निर्णय गरेसँगै १३६ शाखा कार्यालय बन्द गर्ने निर्णय आएको हो ।  

CG Motors

शाखा कार्यालय कटौतीको योजना पूरा भएसँगै लोयड्सको शाखा कार्यालयको संख्या ३८६,हेलिफाक्सको २८१ र बैंकको स्कटल्याण्डको ९० शाखामा सीमित हुनेछ ।  

भौतिक रुपमा बैंक गएर कारोबार गर्नुको साटो ग्राहकहरुले मोबाइल बैंकिङलाई रोजिरहेकाले ठूलो संख्यामा शाखा कार्यालय कटौतीको योजना बनाएको लोयड् बैंकिङ ग्रुपले जनाएको छ । यो निर्णयबाट प्रभावित हुने बैंकका कर्मचारीहरुलाई संस्थाको अन्य पदमा जिम्मेवारी दिइने कम्पनीले जनाएको छ ।  

बैंकले बन्द गर्ने निर्णय भएका यी शाखाहरुमा पछिल्लो ५ वर्षको अवधिमा औषतमा ४८ प्रतिशतले कारोबार घटेको जनाएकमो छ । ग्राहकहरुले एपमा आधारित भुक्तानीलाई बढी रुचाएका कारण शाखामार्फत हुने कारोबारमा कमी आएको बैंकले जनाएको छ ।  

लोयड्का प्रवक्ताले २ करोड भन्दा बढी गा्रहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरिरहेको बताएका छन् । यसका साथै ग्राहकहरुले टेलिफोन बैंकिङ,कम्युनिटी बैंकर र ३ वटै बैंकका जुनसुकै शाखाहरु प्रयोग गरिरहेको बताएका छन् ।  

कम्पनीले हालै मात्रै डनफरम्लाइन,स्कटल्याण्ड र लिभरपुलस्थित कार्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । जसका कारण १ हजार बढी कर्मचारी प्रभावित हुने जनाइएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X