माइक्रोसफ्टका सीईओ भन्छन्– एआईमा ‘आपत्कालीन ब्रेक’ आवश्यक छ, जसको नियन्त्रण मानिसकै हातमा होस्
काठमाडौं। माइक्रोसफ्टका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेलाले उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीमा मानिसले नियन्त्रण गर्न सक्ने ‘आपत्कालीन ब्रेक’को व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले एआई प्रणालीलाई आवश्यक पर्दा बीचैमा रोक्न वा बन्द गर्न सक्ने अधिकार प्राप्त व्यक्तिले नियन्त्रण गर्न मिल्ने गरी विकास गर्नुपर्नेमा जोड दिएका हुन्।

