आईतवार, आश्विन २५,२०८३ 09:00:39
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 09:00:39
Bizshala
Global IME Bank Limited

माइक्रोसफ्टका सीईओ भन्छन्– एआईमा ‘आपत्कालीन ब्रेक’ आवश्यक छ, जसको नियन्त्रण मानिसकै हातमा होस्

Bizshala
माइक्रोसफ्टका सीईओ भन्छन्– एआईमा ‘आपत्कालीन ब्रेक’ आवश्यक छ, जसको नियन्त्रण मानिसकै हातमा होस्
New Office

काठमाडौं। माइक्रोसफ्टका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेलाले उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीमा मानिसले नियन्त्रण गर्न सक्ने ‘आपत्कालीन ब्रेक’को व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले एआई प्रणालीलाई आवश्यक पर्दा बीचैमा रोक्न वा बन्द गर्न सक्ने अधिकार प्राप्त व्यक्तिले नियन्त्रण गर्न मिल्ने गरी विकास गर्नुपर्नेमा जोड दिएका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सामाजिक सञ्जाल एक्समा लेख्दै नाडेलाले एआई प्रणालीलाई सुरक्षित राख्न नियन्त्रणका उपाय, स्वतन्त्र निगरानी र आपत्कालीन अवस्थामा प्रणाली रोक्न सक्ने व्यवस्था आवश्यक रहेको बताएका हुन्।

“हामीले निश्चित रूपमा अनुमान गर्न नसकिने एआई मोडेललाई बलियो, निश्चित प्रणालीगत संरचना, मानवीय नियन्त्रण र भरपर्दा सञ्चालन प्रक्रियाले घेर्नुपर्छ। विद्यमान मापदण्ड पर्याप्त नभएका ठाउँमा उद्योगस्तरीय मापदण्ड पनि स्थापित गर्नुपर्छ,” उनले लेखेका छन्। उनले अत्याधुनिक बन्द तथा खुला भार (ओपन वेट) भएका एआई मोडेललाई संस्थाभित्रकै सम्भावित जोखिमका रूपमा लिएर सुरक्षा प्रणाली निर्माण गर्न सकिने पनि उल्लेख गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.