साढे तीन महिनामै मुस्ताङ भन्सारले वार्षिक लक्ष्य नाघ्यो, ११ अर्ब ४५ करोड राजस्व उठ्यो
काठमाण्डौ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै वार्षिक राजस्व लक्ष्य नाघेको छ।चालु आर्थिक वर्ष २०८३/८४ का लागि ९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको भन्सार कार्यालयले कात्तिक १३ गतेसम्म ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व उठाएको हो। लक्ष्यभन्दा २ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व संकलन भइसकेको...

