मुस्ताङ भन्सार कार्यालयले संकलन गर्यो ६ अर्ब ६६ करोडभन्दा बढी राजस्व
काठमाण्डौ । मुस्ताङको उपल्लो क्षेत्रमा रहेको लोमान्थाङ–१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले नेपाल–चीन उत्तरी कोरला नाका सञ्चालनमा आएपछि उल्लेखनीय मात्रामा राजस्व सङ्कलन गरेको छ। पछिल्लो जेठ १६ गतेसम्मको तथ्याङ्कअनुसार कार्यालयले कुल रु ६ अर्ब ६६ करोड २६ लाख बराबरको भन्सार राजस्व संकलन गरेको जनाएको छ।

