Bizshala
  • मंगलवार, जेष्ठ २६,२०८३ 09:35:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुस्ताङ भन्सार कार्यालयले संकलन गर्यो ६ अर्ब ६६ करोडभन्दा बढी राजस्व

Laxmi Sunrise Bank Limited
मुस्ताङ भन्सार कार्यालयले संकलन गर्यो ६ अर्ब ६६ करोडभन्दा बढी राजस्व
Shivam Cement

काठमाण्डौ । मुस्ताङको उपल्लो क्षेत्रमा रहेको लोमान्थाङ–१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले नेपाल–चीन उत्तरी कोरला नाका सञ्चालनमा आएपछि उल्लेखनीय मात्रामा राजस्व सङ्कलन गरेको छ।  

पछिल्लो जेठ १६ गतेसम्मको तथ्याङ्कअनुसार कार्यालयले कुल रु ६ अर्ब ६६ करोड २६ लाख बराबरको भन्सार राजस्व संकलन गरेको जनाएको छ।

Bizshala
New Office
CG Motors

गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट आयात–निर्यात दुवै गतिविधि बढेसँगै व्यापारिक चहलपहल तीव्र बनेको छ।  

खासगरी चीनबाट नेपालतर्फ भएको आयातका कारण राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।

भन्सारका अनुसार चीनबाट नेपाल भित्रिएका सामानबाट मात्र रु १३ अर्ब ८७ करोड ७८ लाख बराबरको कारोबार भन्सार प्रक्रियामा आएको छ।  

यसमा विद्युतीय सवारीसाधन ९ईभी०, चाडपर्व लक्षित कपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक्सलगायतका वस्तु प्रमुख रूपमा रहेका छन्।

कोरला नाकाबाट हालसम्म २ हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्, जसबाट मात्रै करिब रु ६ अर्ब ७६ करोड २ लाख भन्सार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।  

यसले नाकालाई नेपाल–चीन व्यापारको नयाँ प्रमुख प्रवेशद्वारका रूपमा स्थापित गर्दै लगेको देखिन्छ।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै, नेपालबाट चीनतर्फ पनि हस्तकला तथा स्थानीय उत्पादनहरू निर्यात भइरहेका छन्। 

सो निर्यातबाट हालसम्म करिब रु २० करोड ५५ लाख ७४ हजार बराबरको भन्सार राजस्व संकलन भएको छ, जसले सीमापार व्यापारमा नयाँ सम्भावना देखाएको छ।

तर, कोरला नाकाबाट भित्रिएका केही विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियाबारे पछिल्लो समय प्रश्न उठ्न थालेका छन्।  

विशेषगरी जेठ दोस्रो सातातिर भित्रिएका ६४९ ईभी सवारीसाधनको भन्सार जाँचपास प्रक्रिया विवादमा परेपछि सरकार अनुसन्धानमा उत्रिएको छ।

सरकारले उक्त विषयमा सम्भावित अनियमितता छ वा छैन भन्नेबारे अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।  

समितिले कोरला, जोमसोम, कुश्मा र हेमजामा नियन्त्रणमा लिइएका सवारीसाधनको अनुगमन गरिसकेको छ।

समग्रमा, कोरला नाका व्यापारिक दृष्टिले महत्वपूर्ण बन्दै गएपनि प्रक्रिया पारदर्शिता र नियमनबारे उठेका प्रश्नले यसको दीर्घकालीन प्रभाव र विश्वसनीयतामाथि थप बहस शुरु भएको देखिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.