उपत्यकाका जात्रा र पर्व समेटिएको धौभडेलको तस्बिरपुस्तक मंसिर ४ मा सार्वजनिक हुँदै
काठमाण्डौ । भक्तपुर, काठमाण्डौ र ललितपुरका चाडपर्व, जात्रा तथा सांस्कृतिक जीवन समेटिएको युबेश धौभडेलको नयाँ तस्बिरपुस्तक मंसिर ४ गते सार्वजनिक हुने भएको छ। एक दशकको अवलोकन र फोटोग्राफीका क्रममा संकलित तस्बिर समेटेर तयार पारिएको पुस्तकले उपत्यकाको पर्वसंस्कृतिलाई विश्वभरका पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ।‘Confluence of Festivals: Temple Town to the World — An Invitation to Nepa Dey’ नामक पुस्तकको लोकार्पण...

