मधेशमा एक वर्षमै १ हजार ९३८ उद्योग बन्द
काठमाण्डौ । आर्थिक मन्दीलगायतका कारण मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य क्षेत्रका १ हजार ९३८ उद्योग–व्यवसाय बन्द भएका छन्। मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार सो अवधिमा ८२१ उद्योग र १ हजार ११७ वाणिज्य फर्मको लगत कट्टा गरिएको हो।तर, उद्योग क्षेत्रमा नयाँ लगानीको क्रम भने जारी रहेको छ। गत आर्थिक वर्षमा प्रदेशभर ५ हजार ६८...

