सोमबार, असार ८,२०८३ 11:23:41
Bizshala
  • सोमबार, असार ८,२०८३ 11:23:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मधेस प्रदेशमा गहुँ उत्पादनमा गिरावट

Laxmi Sunrise Bank Limited
मधेस प्रदेशमा गहुँ उत्पादनमा गिरावट
Shivam Cement

काठमाण्डौ । गहुँ उत्पादनका लागि उर्वर मानिने मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। मधेस प्रदेश कृषि निर्देशनालयका अनुसार यस वर्ष प्रदेशभर ३ लाख ७३२ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा प्रतिहेक्टर औसत १.८ मेट्रिक टनका दरले कुल ५ लाख ४३ हजार १६० मेट्रिक टन उत्पादन भएको छ।

अघिल्लो वर्ष सोही प्रदेशमा १ लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रमा गहुँ खेती गरी प्रतिहेक्टर ३.३७ मेट्रिक टनका दरले ७ लाख ३१ हजार मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष उत्पादन र उत्पादकत्व दुवैमा उल्लेखनीय गिरावट देखिएको छ।

Bizshala
New Office
CG Motors

जिल्लागत तथ्यांकअनुसार यस वर्ष सबैभन्दा बढी गहुँ उत्पादन धनुषामा ९८ हजार ४९० मेट्रिक टन भएको छ भने सप्तरीमा ८२ हजार ३२० मेट्रिक टन, महोत्तरीमा ७२ हजार ८०० मेट्रिक टन, बारामा ७१ हजार ९२० मेट्रिक टन, सर्लाहीमा ६९ हजार ५९६ मेट्रिक टन, पर्सामा ५९ हजार ८५२ मेट्रिक टन, रौतहटमा ५२ हजार ७४१ मेट्रिक टन तथा सिरहामा ३५ हजार ४४१ मेट्रिक टन उत्पादन भएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

प्रतिकूल मौसम, रोग तथा कीराको प्रकोप, सिँचाइ अभाव र गुणस्तरीय बीउबिजनको कमीका कारण यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको जनाइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.