लाखौं कित्ता खरिद अर्डर देखाएर झुक्काइँदै लगानीकर्ता, 'बीओ टु बिओ'बाट बेचेर टाप कस्छन् खेलाडी
काठमाण्डौ । सेयर बजार माग र आपूर्तिले चल्ने ठाँउ हो । सेयरको माग बढ्दा मूल्य बढ्ने गर्छ भने माग घट्दा मूल्य घट्ने गर्छ । यही सिद्धान्तलाई सेयर लगानीकर्ताहरुको लागि मार्केट डेप्थबाट हेर्ने गर्छन । जुन पछिल्लोपटक झनै प्रतिउत्पादक बन्दै गरेको देखिएको छ । कुनै समय एओएनको (अल अर नन) दूरुपयोग गरेर सेयर बजारमा तीव्र चलखेल गर्ने गरिन्थ्यो । धितोपत्र बोर्डले चलखेलको आशंका गरेर...