मधेश प्रदेशसभाको अवरोध हट्यो, विनियोजन विधेयक सदनमा प्रस्तुत
काठमाण्डौ । प्रतिपक्षी दलहरूको अवरोध हटेसँगै मधेश प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत गरेको छ।प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए। निरन्तरको अवरोधका कारण विनियोजन विधेयक सदनमा प्रस्तुत हुन सकेको थिएन।

