शुक्रबार, आश्विन २,२०८३ 02:44:33
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 02:44:33
Bizshala
Global IME Bank Limited

१५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

१५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
New Office

 

काठमाण्डौ । करिब १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

मधेश प्रदेशको महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदी पुलको बाँकी कामले पछिल्लो समय गति लिएको हो।

पूर्वाधार विकास मन्त्रालयले आयोजनामा देखिएको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि लामो समयदेखि रोकिएको निर्माण कार्य अघि बढेको जनाएको छ।

ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण पुल निर्माण आयोजना लामो समयसम्म रुग्ण अवस्थामा पुगेको थियो।

भाँचिएको पिलर उठाइयो, अधिकांश संरचनागत काम पूरा

पुलको नदीतर्फ भाँचिएको १० नम्बर पिलर उठाउने काम सम्पन्न भइसकेको छ। सब–स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको छ।

त्यस्तै, पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरण कार्य पूरा भइसकेको छ। अब सुपर–स्ट्रक्चरको स्ल्याबमाथिको ढलान मात्र बाँकी रहेको छ।

आगामी हप्ता नदीमा पानीको सतह घटेपछि उक्त कामसमेत सम्पन्न गर्ने तयारी गरिएको छ।

Shivam Cement
Bizshala
CG Motors

पहुँच सडकमा वर्षाले क्षति

धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकका लागि माटो भर्ने काम गरिएको भए पनि वर्षाको पानीले केही भाग बगाएर क्षति पुर्‍याएको छ।

नदीमा पानीको सतह घटेपछि पुनः माटो भरेर पहुँच सडक तयार गरिनेछ।

सिराहातर्फको पहुँच सडकमा भने माटो भर्ने काम सम्पन्न भइसकेको छ। पुलको लोड परीक्षणसमेत सम्पन्न भइसकेको जनाइएको छ।

दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

बाँकी संरचनागत तथा पहुँच सडकको काम सम्पन्न गरी अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु–लुम्बिनी जेभीले लिएको थियो।

२०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना थप समस्यामा परेको थियो। त्यसपछि निर्माण कार्य लामो समय प्रभावित बनेको थियो।

सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य कारण पहिचान गरी आवश्यक सहजीकरण गरेपछि अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

Muktinath Bikas Bank Limited

नदी नियन्त्रणका लागि २५ करोड बजेट

मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ।

नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ।

डिजाइन स्वीकृत गरी आह्वान गरिएको ठेक्कामा संयुक्त उपक्रमसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन्।

आगामी हप्ता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने तयारी मन्त्रालयले गरेको छ।

कमला पुल सञ्चालनमा आएपछि हुलाकी राजमार्गमार्फत धनुषा र सिराहाबीचको आवागमन सहज हुनुका साथै मधेशको पूर्व–पश्चिम यातायात सम्पर्क थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.