एमबीएल इक्विटी फण्डको १२.१६ करोड इकाई नेप्सेमा सूचिकृत
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘एमबीएल इक्विटी फण्ड’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । जेठ ७ गते नेप्सेमा ‘एमबीएल इक्विटी फण्डको प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड १६ लाख २५ हजार ३३० इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।