मेडिकेयर हस्पिटलले आईपीओ जारी गर्ने
काठमाण्डौ । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । चैत १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २३ गते काठमाण्डौको धुम्बाराहीमा रहेको रामदा होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।