तीनकुने हिंसामा मृत्यु भएकाको परिवारलाई मीनबहादुरको सहयोग, सविन महर्जनकी पत्नीलाई भाटभटेनीमा जागिर
काठमाण्डौ । भाटभटेनी सुपर स्टोरका संस्थापक मीनबहादुर गुरुङले चैत १५ गते राजावादी प्रदर्शनका दौरान हिंसामा परेर ज्यान गुमाएका दुई व्यक्तिका परिवारलाई प्रत्यक्ष भेटेर आर्थिक सहयोग गरेका छन्। अघिल्लो मंगलबार आयोजित एक कार्यक्रममा उनले पत्रकार सुरेश रजकका आफन्तलाई ५ लाख र सविन महर्जनका परिवारलाई ३ लाख रुपैयाँ सहायता दिने घोषणा गरेका थिए।