मनास्लुमा भीषण बाढीपछि सयौं विदेशी पर्यटक रोकिए, हेलिकोप्टरबाट उद्धार सुरु
काठमाण्डौ । गोरखाको मनास्लु संरक्षण क्षेत्रमा आएको भीषण बाढीका कारण एक सयभन्दा बढी विदेशी पर्यटक बीच बाटोमै रोकिएका छन्। बाढीले पदमार्ग तथा काठेपुलमा क्षति पुर्याएपछि उनीहरूको आवागमन अवरुद्ध भएको हो।मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार शनिबार १८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गरेका थिए। रातिसम्म उनीहरू सुरक्षित रहेको जानकारी आए पनि बाढीपछि...

