सङ्घीय निजामती सेवा विधेयकलाई चालू अधिवेशनमै लैजाने सरकारी तयारी
काठमाण्डौं । लामो समयदेखि प्रतीक्षामा रहेको सङ्घीय निजामती सेवा विधेयकलाई सरकारले पुनः प्राथमिकतामा राख्दै चालू संसद् अधिवेशनमै अघि बढाउने संकेत दिएको छ । कर्मचारी प्रशासनको संरचना, सेवासर्त र व्यवस्थापनसँग जोडिएको यो विधेयकलाई अन्तिम रूप दिन मन्त्रालयस्तरमा तयारी तीव्र पारिएको जनाइएको छ ।

