मंगलवार, श्रावण १९,२०८३ 12:50:52
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:50:52
Bizshala
Global IME Bank Limited

निजामती सेवा विधेयक फास्ट ट्र्याकमा, कर्मचारीको अवकाश उमेर ६० बनाउने प्रस्तावसहित विधेयक अघि बढ्दै

निजामती सेवा विधेयक फास्ट ट्र्याकमा, कर्मचारीको अवकाश उमेर ६० बनाउने प्रस्तावसहित विधेयक अघि बढ्दै
New Office

काठमाण्डौं । प्रशासनिक सुधारलाई गति दिने लक्ष्यसहित सरकारले सङ्घीय निजामती सेवा विधेयकलाई प्राथमिकतामा राख्दै अन्तिम चरणतर्फ अघि बढाएको छ ।  

तोकिएको समयसीमाभित्रै मन्त्रिपरिषद्बाट पारित गराई सङ्घीय संसद्मा पेश गर्ने तयारीस्वरूप मसौदामा व्यापक परिमार्जन भइरहेको छ ।

१०० दिने शासकीय सुधार कार्ययोजनाभित्र समेटिएको यो विधेयक सरकार गठन भएको ४५ दिनमै तयार पार्ने लक्ष्य राखिएको छ ।  

यसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न क्षेत्रबाट आएका सुझावलाई समेट्दै मसौदालाई थप परिष्कृत बनाउने काम तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ ।

प्रवक्ता एकदेव अधिकारीका अनुसार अबको चरणमा मसौदा लोक सेवा आयोगमा पठाइनेछ, जहाँबाट आवश्यक परामर्श प्राप्त भएपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय लिइ पुनः मन्त्रिपरिषद्मा पेश गरिनेछ ।  

मन्त्रिपरिषद्को अन्तिम स्वीकृतिपछि विधेयक संसद्मा दर्ता गर्ने योजना रहेको छ ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले आवश्यकताअनुसार छिटो प्रक्रियाबाट पनि परामर्श सम्भव रहेको उल्लेख गर्दै सरकारको सक्रियताले प्रक्रियालाई अझ तीव्र बनाउन सक्ने धारणा व्यक्त गरेका छन् ।

कर्मचारी सेवा सर्तसँग सम्बन्धित कानून भएकाले आयोगको भूमिका निर्णायक रहने बुझाइ छ ।

प्रारम्भिक मसौदामा जनचासो उल्लेखनीय देखिएको छ । सात दिनभित्रै करिब नौ हजार सुझाव प्राप्त हुनु यसप्रतिको सरोकारको संकेत मानिएको छ ।  

प्रस्तावित व्यवस्थामा अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने, सचिवको कार्यकाल दुई वर्षमा सीमित गर्ने, ‘कुलिङ पिरियड’ लागू गर्ने र प्रत्येक कार्यालयमा गुनासो सुनुवाइ संयन्त्र मजबुत बनाउने जस्ता सुधारमुखी प्रावधान समेटिएका छन् ।

सरकारले प्राप्त सुझावलाई समेटेर विधेयकलाई व्यवहारिक र प्रभावकारी बनाउने लक्ष्यसहित निर्धारित समयमै संसद्मा प्रस्तुत गर्ने तयारीलाई तीव्रता दिएको जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.