मंगलवार, श्रावण १९,२०८३ 10:28:32
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:28:32
Bizshala
Global IME Bank Limited

सङ्घीय निजामती सेवा विधेयकलाई चालू अधिवेशनमै लैजाने सरकारी तयारी

सङ्घीय निजामती सेवा विधेयकलाई चालू अधिवेशनमै लैजाने सरकारी तयारी
New Office

काठमाण्डौं । लामो समयदेखि प्रतीक्षामा रहेको सङ्घीय निजामती सेवा विधेयकलाई सरकारले पुनः प्राथमिकतामा राख्दै चालू संसद् अधिवेशनमै अघि बढाउने संकेत दिएको छ ।  

कर्मचारी प्रशासनको संरचना, सेवासर्त र व्यवस्थापनसँग जोडिएको यो विधेयकलाई अन्तिम रूप दिन मन्त्रालयस्तरमा तयारी तीव्र पारिएको जनाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक रूपमा सङ्कलन गरिएका हजारौँ सुझावलाई समेटेर विधेयकको मस्यौदामा परिमार्जन गरिसकेको जनाएको छ ।  

करिब १० हजार सुझावको अध्ययनपछि संशोधित मस्यौदामाथि अर्थ मन्त्रालयको रायसमेत लिइसकिएको छ भने अब कानुनी परीक्षण र संवैधानिक परामर्शको चरण बाँकी रहेको बताइएको छ ।

सरकारको योजनाअनुसार मस्यौदा अब कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ ।  

त्यसपछि लोक सेवा आयोगको औपचारिक परामर्श लिएर मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद्मा दर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ ।  

मन्त्रालयले यसलाई यही अधिवेशनभित्रै संसद्को कार्यसूचीमा समावेश गर्ने लक्ष्य राखेको जनाएको छ ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्ययोजनामा पनि निजामती सेवा ऐनलाई प्रमुख सुधार एजेन्डाका रूपमा राखिएको थियो ।

शुरुवाती समयसीमा पूरा हुन नसके पनि सरकार अहिले विधेयकलाई राजनीतिक र प्रशासनिक प्राथमिकतामा राखेर अघि बढ्न खोजिरहेको देखिन्छ ।

प्रशासनिक क्षेत्रका जानकारहरूका अनुसार विधेयक समयमै संसद्मा लैजान सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक हुनेछ ।  

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले कानून मन्त्रालय र लोक सेवा आयोगबाट छिटो राय प्राप्त गर्न सकिए प्रक्रिया छोटो अवधिमै टुंगिन सक्ने बताएका छन् ।

संवैधानिक प्रावधानअनुसार कर्मचारीको सेवा, सुविधा, पदपूर्ति, बढुवा, सरुवा र मूल्याङ्कनसँग सम्बन्धित कानून बनाउँदा लोक सेवा आयोगको परामर्श अनिवार्य हुन्छ ।  

त्यसैले विधेयकको अन्तिम स्वरूप निर्धारणमा आयोगको भूमिका महत्वपूर्ण रहने देखिएको छ ।

प्रारम्भिक मस्यौदामा कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउने, सचिवको कार्यकाल दुई वर्षमा सीमित गर्ने र सेवा छाडेपछि दुई वर्षको ‘कुलिङ पिरियड’ लागू गर्ने जस्ता व्यवस्थाहरू प्रस्तावित छन् ।  

यिनै प्रावधानले विधेयकलाई प्रशासनिक वृत्तमा चासो र बहसको विषय बनाएको छ ।

यसअघि दुईपटक प्रतिनिधिसभामा पुगे पनि राजनीतिक असहमति र प्रक्रियागत अवरोधका कारण सङ्घीय निजामती सेवा विधेयक ऐनको रूपमा अघि बढ्न सकेको थिएन ।

यसपटक भने सरकारले कर्मचारी प्रशासनको कानूनी आधारलाई स्पष्ट र व्यवस्थित बनाउने उद्देश्यसहित विधेयकलाई निष्कर्षमा पुर्‍याउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.