‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ प्रचलनमा, रु.१० लाखसम्मको कर्जाको सुरक्षण
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषले लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ प्रचलनमा ल्याएको छ। कोषले ऋणीको मृत्यु,अशक्ततता वा परीयोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने नोक्सानीको क्षति विरुद्ध सुरक्षण प्रदान गर्ने उदेश्यले उक्त योजना प्रचलनमा ल्याएको हो। भक्तपुर आयोजित एक कार्यक्रमबीच कोषले उक्त योजना सार्वजनिक गरेको हो।

                
                        
                        
                        