सोमबार, असार २२,२०८३ 12:27:09
Bizshala
  • सोमबार, असार २२,२०८३ 12:27:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ प्रचलनमा, रु.१० लाखसम्मको कर्जाको सुरक्षण

Laxmi Sunrise Bank Limited
‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ प्रचलनमा, रु.१० लाखसम्मको कर्जाको सुरक्षण

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषले लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ प्रचलनमा ल्याएको छ। कोषले ऋणीको मृत्यु,अशक्ततता वा परीयोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने नोक्सानीको क्षति विरुद्ध सुरक्षण प्रदान गर्ने उदेश्यले उक्त योजना प्रचलनमा ल्याएको हो।  

भक्तपुर आयोजित एक कार्यक्रमबीच कोषले उक्त योजना सार्वजनिक गरेको हो।  

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा क, ख ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत एवं संस्थाका लघु कर्जा विभागका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

कोषले घोषणा गरेको अतिरिक्त सुरक्षण योजनाले कोषको चालू सुरक्षण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ सम्मको कर्जाको सुरक्षण गर्नेछ। योजनाले ऋणी तथा निजको पति पत्नीको मृत्यु, स्थायी अपाङ्गतावा परियोजनाको नष्ट हुँदा बाँकी कर्जाको शत प्रतिशत दाबी भुक्तानी दिने व्यवस्था गरेको छ। योजनाको सदस्यता प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाले नियमित सुरक्षण शुल्कमा ०.१५ प्रतिशत थप सुरक्षण शुल्क तिर्नु पर्नेछ।

सुरक्षण योजनाको व्यवस्थाले लघु,साना तथा मझौला उद्यम व्यवसायका लागि प्रवाहित संस्थागत कर्जा शतप्रतिशत सुरक्षित भई कर्जाको सुरक्षणका लागि चल अचल सम्पत्तीको धितो लगायत अन्य सुरक्षण व्यवस्था गरिरहनु पर्ने झन्झट बैंक तथा वित्तीय संस्थाले लिनुनपर्ने अपेक्षा कोषले लिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.