IME remit
  • बिहीबार, मंसिर ६,२०८१ 04:56:14
IME remit
Global IME Bank Limited

कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता

Hyundai Nepal
कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले हस्ताक्षर गरेका थिए।

उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र जीवन विकासको नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Bizshala
Shivam Cement
CG Motors

यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै जीवन विकास लघुवित्त वित्तीय संस्था लि।लेलघु व्यवसायका लागि सदस्यहरुलाई बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति १० लाखसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति २० लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ। कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असूल हुन नसकेमा संस्थाले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले पचहत्तर प्रतिशत भुक्तानी दिनेछ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क बार्षिक ०.८ प्रतिशत रहेको जसमध्ये ५० प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरुप कोषमा प्राप्त हुनेछ। यस प्रकार बुझाउने सुरक्षण शुल्क बाँकी कर्जामा गणना गर्ने व्यवस्था कर्जा सुरक्षण नियमावली २०७५ ले गरेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.