घटस्थापनादेखि फूलपातीसम्म जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न पाइने
काठमाण्डौ । चाडपर्वको समयमा काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्ति सहज बनाउन उपभोक्ताले आफूसँग भएको जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाउने भएका छन्।नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको छलफलपछि घटस्थापनादेखि फूलपातीसम्म यस्तो व्यवस्था लागू गर्ने सहमति भएको हो।यस व्यवस्थाअन्तर्गत तोकिएका साझा बिक्री केन्द्रमा...

