शुक्रबार, आश्विन २३,२०८३ 03:19:35
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 03:19:35
Bizshala
Global IME Bank Limited

घटस्थापनादेखि फूलपातीसम्म जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न पाइने

Bizshala
घटस्थापनादेखि फूलपातीसम्म जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न पाइने
New Office

 

 काठमाण्डौ । चाडपर्वको समयमा काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्ति सहज बनाउन उपभोक्ताले आफूसँग भएको जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाउने भएका छन्।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको छलफलपछि घटस्थापनादेखि फूलपातीसम्म यस्तो व्यवस्था लागू गर्ने सहमति भएको हो।

यस व्यवस्थाअन्तर्गत तोकिएका साझा बिक्री केन्द्रमा उपभोक्ताले उपलब्ध जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर मौजुद रहेको अर्को ब्रान्डको भरी सिलिन्डर लिन सक्नेछन्। यसरी ब्रान्ड फरक परे पनि कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा साझा बिक्री केन्द्र सञ्चालन गरिनेछ। प्रारम्भिक रूपमा पाँच स्थान तय गरिएको छ।

ती केन्द्रमध्ये बालाजुमा नेपाल ग्यासको आउटलेट, सीतापाइलामा एभरेस्ट र सुगमलगायत कम्पनीको केन्द्र, सुकेधारामा बाबा ग्यासको बिक्री केन्द्र र पेप्सीकोलामा सगर ग्यासको आउटलेट रहनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको केन्द्रलाई सम्भावित साझा बिक्री केन्द्रका रूपमा राखिएको छ। उपभोक्ताको चाप र आवश्यकता हेरेर थप स्थानसमेत सञ्चालनमा ल्याउन सकिने संघले जनाएको छ।

अध्यक्ष चन्दका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने सबै ब्रान्डका सिलिन्डर यो व्यवस्थामा समेटिनेछन्।

चाडपर्वको समयमा एउटा–दुईवटा मात्रै सिलिन्डर भएका उपभोक्ताले ग्यास नपाएर समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

पछिल्लो अविरल वर्षा, बाढीपहिरो र सार्वजनिक बिदाका कारण उपत्यकामा ग्यास वितरणमा केही असहजता देखिएपछि उद्योगीहरूले साझा संयन्त्रमार्फत आपूर्ति सहज बनाउने निर्णय गरेका हुन्।

साझा आउटलेटमा जम्मा हुने विभिन्न कम्पनीका खाली सिलिन्डर सम्बन्धित ग्यास उद्योगीहरूले पछि आपसमा साटासाट गर्नेछन्। त्यसैले ब्रान्ड फरक भएको कारण उपभोक्ताले थप प्रक्रिया वा शुल्क व्यहोर्न नपर्ने संघले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.