इसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा
काठमाण्डौ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरज शर्मा नियुक्त भएका छन् ।गत भदौ ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । निवर्तमान सीईओ जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा भएपछि शर्माले नेतृत्व सम्हालेका हुन्...

