‘भिजन २०५०’ तर्फ राष्ट्रिय योजना आयोग, ‘सिफारिस गर्ने काम मात्रै भयो, कार्यान्वयन गराउने अधिकार छैन’
काठमाण्डौ । राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षको दीर्घकालीन विकास मार्गचित्र समेट्ने ‘भिजन २०५०’ निर्माण प्रक्रिया अघि बढाएको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले १६औँ योजनाको मध्यावधि समीक्षासँगै ‘भिजन २०५०’ निर्माणको काम सुरु गरिएको जानकारी दिए। उनले समृद्ध नेपालको आधार तयार गर्न दीर्घकालीन सोच र तथ्यमा आधारित योजना...

