विदेशी लगानीको ‘ग्राउन्ड रियालिटी’: कागजमा खर्बौं, मैदानमा दुई परियोजना
-रविन ठकुरी/बिजशाला काठमाडौँ । नेपालले पछिल्लो एक दशकमा विदेशी लगानी आकर्षित गर्न तीन वटा ठूला लगानी सम्मेलन आयोजना गर्यो। सम्मेलनमा खर्बौं रुपैयाँ बराबरका प्रतिबद्धता सुनिए, सयौं परियोजना विश्वसामु प्रदर्शन गरिए र नेपाललाई ‘उदीयमान लगानी गन्तव्य’का रूपमा प्रस्तुत गरियो।तर जब नतिजाको हिसाब गरिन्छ, तस्वीर उत्साहजनक देखिँदैन।नेपाल लगानी बोर्डबाट स्वीकृति पाएका ३२ वटा...

