टिएमएस गुणस्तरप्रति गम्भीर प्रश्नः नयाँ एक्सचेञ्ज शीघ्र ल्याउन लगानीकर्ताको माग, दोहोरो ब्रोकर कमिसन हटाइनुपर्ने
काठमाण्डौ । लगानीकर्ताहरुले अहिलेको अनलाइन कारोबार प्रणालीप्रति गम्भीर प्रश्न उठाउँदै यसको विकल्प खोज्न धितोपत्र बोर्डलाई सुझाएका छन् । बोर्डले आगामी आर्थिक वर्षका लागि बनाउने नीति तथा कार्यक्रमका लागि आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागिता जनाएका लगानीकर्ताहरुले हाल नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबार व्यवस्थापन प्रणाली गुणस्तरहीन...