शनिबार, श्रावण २,२०८३ 08:47:01
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:47:01
Bizshala
Global IME Bank Limited

टिएमएस गुणस्तरप्रति गम्भीर प्रश्नः नयाँ एक्सचेञ्ज शीघ्र ल्याउन लगानीकर्ताको माग, दोहोरो ब्रोकर कमिसन हटाइनुपर्ने

टिएमएस गुणस्तरप्रति गम्भीर प्रश्नः नयाँ एक्सचेञ्ज शीघ्र ल्याउन लगानीकर्ताको माग, दोहोरो ब्रोकर कमिसन हटाइनुपर्ने
New Office

काठमाण्डौ । लगानीकर्ताहरुले अहिलेको अनलाइन कारोबार प्रणालीप्रति गम्भीर प्रश्न उठाउँदै यसको विकल्प खोज्न धितोपत्र बोर्डलाई सुझाएका छन् ।  

बोर्डले आगामी आर्थिक वर्षका लागि बनाउने नीति तथा कार्यक्रमका लागि आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागिता जनाएका लगानीकर्ताहरुले हाल नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबार व्यवस्थापन प्रणाली गुणस्तरहीन भएको र व्यापक समस्याहरु आइरहेको उल्लेख गर्दै विश्वसनीय तथा अन्तराष्ट्रिय स्तरको प्रविधि भित्र्याउनुपर्नेमा जोड दिएका हुन् । 

नेपाल इन्भेष्टर्स फोरमले बोर्डलाई १३ बुँदे लिखित सुझाव बुझाउँदै नेपालको पूँजीबजारमा प्रयोग भइरहेको हालको अनलाइन प्रणाली अत्यन्त कमजोर र पूर्ण रुपमा स्वचालित नभएकोले नेप्सेको पुनरसंरचना र आधुनिकीकरण गर्दै नयाँ स्टक एक्सचेञ्ज स्थापना प्रक्रिया शीघ्र सम्पन्न गरी प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न माग गरेको छ ।  

फोरमले सेयर खरीद तथा बिक्री गर्दा लाग्दै आएको दोहोरो कमिसन हटाएर एकतर्फी मात्र बनाउनुपर्नेमा समेत जोड दिएको छ । 

यस्तै, उसले बैंक तथा वित्तीय संस्थाले व्यक्तिगततर्फ प्रदान गर्ने ऋणको हालको १५ करोडको सीमालाई खारेज गर्न पहल गर्नुपर्ने माग पनि गरेको छ ।  

यस्तै, बजारलाई चलायमान बनाउन अप्सन मार्केट, फ्यूचर मार्केट, इन्टाडे कारोबार र सर्ट सेलको कारोबार गर्ने व्यवस्था तत्काल लागू गर्न समेत सुझाइएको छ ।  

यस्तै, दोश्रो बजारमा १० कित्ताभन्दा कम रहेको सेयरलाई सहज रुपमा कारोबारको व्यवस्था समेत गरिनुपर्नेमा जोड दिइएको छ।

फोरमले बुझाएको सुझाव यस्तो छः

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.