नेपाल चिया विकास कर्पोरेशनले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो चिया उत्पादक तथा वितरक नेपाल चिया विकास कर्पोरेशन लिमिटेड(एनटीडीसी)ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख कित्ता साधारण सेयर जारी गर्ने योजना बनाएको हो । यसका लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा कम्पनी र क्यापिटलबीच हस्ताक्षर सम्पन्न भएको छ ।...