असोज ८–१२ को मौसमबारे बल्ल बोल्यो विभाग, वर्षाको जोखिम अहिले नै यकिन गर्न नसकिने
काठमाडौं। असोज ८ देखि १२ गतेसम्म नेपालमा अत्यधिक वर्षा हुने भन्दै विभिन्न माध्यमबाट चेतावनी फैलिरहेका बेला जल तथा मौसम विज्ञान विभागले यस विषयमा बल्ल औपचारिक धारणा सार्वजनिक गरेको छ।विभागले हालसम्मको मौसमी विश्लेषणका आधारमा उक्त अवधिमा वर्षा हुने सम्भावना रहे पनि त्यसको जोखिमको स्तर अहिले नै यकिन गर्न नसकिने स्पष्ट पारेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...

