काठमाण्डौ । बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बनेपछि धनकुटासहित कोशी प्रदेशका जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना बढेको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले कात्तिक १२ देखि १४ गतेसम्म मौसम प्रतिकूल रहने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। सम्भावित वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ।
प्रशासनले धान काट्ने तथा भित्र्याउने काम नगर्न, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक सडक तथा हवाई यात्रा टार्न आग्रह गरेको छ।
जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा सार्न र आधिकारिक मौसम पूर्वानुमान तथा चेतावनीको पालना गर्नसमेत अनुरोध गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।