आईतवार, आश्विन ४,२०८३ 07:26:23
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 07:26:23
Bizshala
Global IME Bank Limited

असोज ८–१२ को मौसमबारे बल्ल बोल्यो विभाग, वर्षाको जोखिम अहिले नै यकिन गर्न नसकिने

असोज ८–१२ को मौसमबारे बल्ल बोल्यो विभाग, वर्षाको जोखिम अहिले नै यकिन गर्न नसकिने
New Office

काठमाडौं। असोज ८ देखि १२ गतेसम्म नेपालमा अत्यधिक वर्षा हुने भन्दै विभिन्न माध्यमबाट चेतावनी फैलिरहेका बेला जल तथा मौसम विज्ञान विभागले यस विषयमा बल्ल औपचारिक धारणा सार्वजनिक गरेको छ।

विभागले हालसम्मको मौसमी विश्लेषणका आधारमा उक्त अवधिमा वर्षा हुने सम्भावना रहे पनि त्यसको जोखिमको स्तर अहिले नै यकिन गर्न नसकिने स्पष्ट पारेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सर्ने क्रममा छ। यही कारण आगामी दिनमा नेपालका विभिन्न भूभागमा वर्षाको गतिविधि बढ्न सक्ने देखिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, हाल प्रशान्त महासागरमा विकसित न्यूनचापीय प्रणाली असोज ७ गते अर्थात् सेप्टेम्बर २३ आसपास थप शक्तिशाली हुँदै ‘डिप्रेसन’का रूपमा दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक जमिनमा प्रवेश गर्ने प्रारम्भिक आकलन गरिएको छ।

उक्त प्रणालीको प्रभावले नेपालमा पनि वर्षा गराउन सक्ने भए पनि वर्षाको मात्रा, प्रभावित क्षेत्र र जोखिमको स्तरबारे अहिले नै ठोस निष्कर्ष निकाल्न नसकिने विभागको भनाइ छ।

विभागले उक्त मौसमी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्रणालीको दिशा, गति र प्रभाव थप स्पष्ट भएपछि आवश्यकताअनुसार थप सूचना तथा विशेष मौसम बुलेटिन जारी गरिने बताइएको छ।

साथै, विभागले मौसमसम्बन्धी आधिकारिक र पछिल्लो जानकारीका लागि आफ्ना नियमित सूचना तथा बुलेटिन मात्र अनुसरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सामाजिक सञ्जाल तथा अनधिकृत माध्यमबाट प्रसारित अपुष्ट सूचनाका आधारमा त्रसित नहुन पनि विभागको संकेत छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.