रास्वपा वाचापत्रः पूँजीबजारमा संरचनागत सुधारदेखि डेरिभेटिभ उपकरणसम्म, आइपीओ प्रणाली सुधारिने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यसहित व्यापक संरचनागत तथा कानूनी सुधारका कार्यक्रम सार्वजनिक गरेको छ। सुर्खेतमा आयोजित कार्यक्रममा चुनावी वाचापत्र सार्वजनि गर्दै पार्टीले नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्ने...

