निर्जीवन बीमा कम्पनीको संचित नाफामा ठूलो गिरावट, लाभांश क्षमता घट्दै
काठमाण्डौ । निर्जीनव बीमा कम्पनीहरुको विगतमा संचित गरेको वितरणयोग्य नाफाको आधार कमजोर हुँदै गएको छ । गत आर्थिक वर्ष २०८२–८२ मा निर्जीवन बीमा कम्पनीहरुको ‘रिटेन्ड अर्निङ’ ह्वात्तै घटेको छ ।यसले बीमा कम्पनीहरुको भविष्यमा लाभांश वितरण गर्ने क्षमता र लचकता कमजोर हुँदै गएको देखाएको छ । रिटेन्ड अर्निङ घट्दै जानु भनेको कम्पनीले विगतमा संचित गरको वितरणयोग्य मुनाफाको आधार कमजोर...

