आईतवार, भाद्र ७,२०८३ 07:07:02
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 07:07:02
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीको संचित नाफामा ठूलो गिरावट, लाभांश क्षमता घट्दै

निर्जीवन बीमा कम्पनीको संचित नाफामा ठूलो गिरावट, लाभांश क्षमता घट्दै
New Office

काठमाण्डौ । निर्जीनव बीमा कम्पनीहरुको विगतमा संचित गरेको वितरणयोग्य नाफाको आधार कमजोर हुँदै गएको छ । गत आर्थिक वर्ष २०८२–८२ मा निर्जीवन बीमा कम्पनीहरुको ‘रिटेन्ड अर्निङ’ ह्वात्तै घटेको छ ।

यसले बीमा कम्पनीहरुको भविष्यमा लाभांश वितरण गर्ने क्षमता र लचकता कमजोर हुँदै गएको देखाएको छ । रिटेन्ड अर्निङ घट्दै जानु भनेको कम्पनीले विगतमा संचित गरको वितरणयोग्य मुनाफाको आधार कमजोर हुँदै जानु हो । तर यसको अर्थ कम्पनीले तत्कालै लाभांश दिनै नसक्ने भन्ने होइन ।  

बीमकहरुले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश निर्जीवन बीमा कम्पनीको रिटेन्ड अर्निङ र प्रतिसेयर आम्दानी ९इपीएस० घटेको देखिएको छ ।  

बीमा कम्पनीहरुको रिटेन्ड अर्निङ भनेको विशेषगरी कम्पनीले विगतका वर्षहरुमा कमाएको नाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँडी कम्पनीमै राखिएको संचित रकम हो । यस्तो रकम संचित हुँदा भविष्यमा कम्पनीको दाबी भुक्तानी, विस्तार, आकस्मिक जोखिम र लाभांशकै रुपमा बाँड्नका लागि कम्पनीसँग आन्तरिक पूँजी छ भन्ने बु्झिन्छ ।  

साथै बीमा कम्पनीहरुले भविष्यमा लाभांशकै रुपमा बाँड्नका लागि पनि रिटेन्ड अर्निङका रुपमा रकम संचित गरेको हुन्छ । यो सूचकले कम्पनीले आर्थिक रुपमा कति बलियो र स्थिर छ भन्ने जनाउँछ । लगातार घाटा भए रिटेन्ट अर्निङ घट्छ वा नेगेटिभ हुन पनि सक्छ ।  

यो सूचकले कम्पनीसँग वितरण गर्न सकिने संचित नाफा कति छ भन्ने देखाउँछ यसकारण बोनस सेयर वा नगद लाभांश दिन कम्पनी योग्य छ वा छैन भन्ने कुरा पनि यो सूचकले निर्धारण गर्दछ ।  

योसँगै निर्जीवन बीमा कम्पनीहरुको इपीएस पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कम्पनीले प्रतिसेयर कति नाफा कमायो भन्ने यो सूचकले देखाउने हुँदा इपीएस र रिटेन्ड अर्निङ बलियो हुने कम्पनीको लाभांश दिने क्षमता पनि बलियो भएको मान्न सकिन्छ ।  

Bizshala
CG Motors

निर्जीवन बीमा कम्पनीहरुको सन्दर्भमा लाभांश बाँड्नका लागि रिटेन्ड अर्निङ, रिजर्भ फण्ड, इपीएस र सोल्भेन्सी मार्जिन महत्वपूर्ण हुन्छ । तर सोल्भेन्सी रेसियो भने बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गराएपछि मात्रै नेपाल बीमा प्राधिकरणले तय गर्नेछ ।  

प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो १।३ र लघुबीमकहरुको १।५ प्रतिशत तोकेको छ । विवरणअनुसार निर्जीवन बीमकहरुको सोल्भेन्सी रेसियो अनुपात प्राधिकरणले तोकेको भन्दा माथि रहेपनि यता इपीएस र रिटेन्ड अर्निङ बलियो नदेखिँदा लाभांश क्षमता घट्दै गएको देखिन्छ ।  

निर्जीवन बीमा कम्पनीरुको रिटेन्ड अर्निङ घट्नुको मुख्य कारण भनेकै नाफा घटु्नु हो । कम्पनीहरुले पछिल्लो अवस्था हेर्दा नाफामा संकुचन देखिएको छ । बीमा कम्पनीहरुलाई धेरै दाबी भुक्तानीको दायित्व थपिदा र संचालन खर्च बढ्दै जाँदा नाफा घट्न पुगेको देखिएको छ ।  

वित्तीय विवरणअनुसार राष्ट्रिय बीमा कम्पनी र युनाइटेड अजोड इन्स्योरेन्सको मात्रै यस्तो अवस्था बढेको छ भने बाँकी सबैको घटेको छ । यी दुई कम्पनीले विगतका वर्षहरुमा सेयरधनीलाई लाभांश नबाँडेका कारण पनि संचित रकम वृद्धि भएको देखिएको हो ।  

साथै अन्य कम्पनीहरुले भने केही प्रतिशत भएपनि लाभांश वितरण गरेकाले यस्तो सूचकमा गिरावट देखिएको हो । तर रिटेन्ड अर्निङ घट्दै जाँदा बीमा कम्पनीहरुको संचित रकम घट्दै गएको छ र भविष्यमा पनि लगानीकर्तालाई बाँड्ने प्रतिफलको रकम घट्दै गएको बुझ्न सकिन्छ ।  

सबैभन्दा बढी सिद्धार्थ आइजीआई प्रुडेन्सियलको ८८।१० प्रतिशतले घटेको छ । त्यस्तै, एनएलजी इन्योरेन्सको ८७।२० प्रतिशतले घटेको छ ।  

यसका साथै शिखरको ६२।०६ प्रतिशत, सगरमाथा लुम्बिनीको २४।९० प्रतिशत, सिद्धार्थ प्रिमियरको ४५।१० प्रतिशत, नेको इन्स्योरेन्सको ५२।१० प्रतिशत, हिमालयन एभरेष्टको ८।८८ प्रतिशत, सानिमा जिआइसीको ४२।८३ प्रतिशत, प्र्रभुको ७५।७४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६४।८१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १८।१९ प्रतिशतले घटेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.