पल्लवी लुब्रिकेन्ट्सले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने
काठमाण्डौ । पल्लवी लुब्रिकेन्ट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको विेशष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको उक्त सभा भदौ १९ गते मोरङको कटहरी गाउँपालिकामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।