केबुलकार निर्माणको विरोधी समुहलाई वार्तामा आउन सरकारको आग्रह
काठमाण्डौ । सरकारले ताप्लेजुङको पाथीभारामा केबुलकार निर्माणको विरोधमा रहेको समुहलाई वार्ताका लागि बोलाएको छ । गृहमन्त्रालयका सह–सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् । ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई...